Dhulikhel Eco Banner new

ग्राहकहरूको हितमा सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट

2.69K
shares

काठमाडौं, ४ पुस । सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पुस १ देखि पुस २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ। आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने भएको हो ।

आफ्ना ग्राहक र ग्राहकको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी ग्राहकहरूको सुरक्षालाई निरन्तरता दिनेजनाएको छ ।

कम्पनीका अनुसार ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।