एकैदिन प्रतितोला १ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस ४ बिहीवार १०:५१
2.55K
shares
shares

काठमाडौं,४ पुस । स्थानीय बजारमा बिहीवार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा १ लाख ५० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार घटेर तोलामा १ लाख ४९ हजारमा कायम भएको हो ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार तोलामा १ हजार ७८० रुपैयाँमा कायम भएको छ ।















