ग्लोबल आइएमई बैंकको भवन निर्माणका लागि डिजाइन सम्झौता
वि.सं.२०७९ जेठ २७ शुक्रवार १७:३३
shares

काठमाडौं, २७ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिमपाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ । भवन निर्माण गर्ने प्रयोजनका लागि बैंल डिजाइन बनाउने सम्झौता गरेको हो ।
बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङ लगायत दिगो डिजाइनका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटी प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रालिका प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।



















