Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

3.47K
shares

काठमाडौं, ९ पुस । मंगलबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार १४.११ अंकले बढेर २,६२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब २० करोडको कारोबार भएको हो ।

दोहारो अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त गुरास लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले गुमाएका छन्