दोहोरो अंकले वृद्धि भएको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ पुस ९ मंगलवार १५:०८
shares

काठमाडौं, ९ पुस । मंगलबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार १४.११ अंकले बढेर २,६२६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब २० करोडको कारोबार भएको हो ।
दोहारो अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त, गुरास लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन न्यादी हाइड्रोपावरका लगानीकर्ताले ८.६० प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ७.५४ प्रतिशतका दरले कमाएका छन् ।



















