Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.38K
shares

काठमाडौं, ९ पुस । मंगलबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार १४.११ अंकले बढेर २,६२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब २० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन जानकी फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् भने युनिलिभर नेपालका लगानीकर्ताले ७.२३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनएमवि ५० का लगानीकर्ताले ५.५७ प्रतिशतका दरले गुमाएका छन् भने सेन्चुरी ऋणपत्रका लगानीकर्ताले ५.१५ प्रतिशतका दरले गुमाएका छन् ।