Dhulikhel Eco Banner new

शेयर बजारका सामान्य अंकले वृद्धि, १६३ कम्पनीको शेयर मूल्य घट्यो

2.93K
shares

काठमाडौं, ११ पुस । बिहीबार शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार ४.१९ अंकले बढेर २,६३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ३२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन शेयर बजारमा कर्पोरेट विकास बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले गुमाएका छन् ।