शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ पुस ११ बिहीवार १५:१०
shares

काठमाडौं, ११ पुस । बिहीबार शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार ४.१९ अंकले बढेर २,६३० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ३२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन गुराँस लघुवित्तका लगानीकर्ताले ७.३२ प्रतिशतका दरले कमाएका छन् भने प्रभु बैंकका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले कमाएका छन् ।



















