शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ पुस ११ बिहीवार १६:१८
shares

काठमाडौं, ११ पुस । बिहीवार शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार ४.१९ अंकले बढेर २,६३० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ३२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन जोशी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.४४ प्रतिशतका दरले गुमाएका छन् ।



















