सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको छ : मन्त्री पाण्डे
वि.सं.२०८१ पुस १६ मंगलवार १३:२९
shares

काठमाडौं, १६ पुस । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने बताएका छन् ।
नेपाल टुरिजम बोर्डको २६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मंगलबार मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका हुन् ।
उनले नेपालको पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए ।
उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।















