Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य अंकले वृद्धि, घट्यो कारोबार रकम

3.34K
shares

काठमाडौं, १७ पुस । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१० अंकले बढेर २,५८१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ३ अर्ब ५९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा त्रिशुली जलविद्युलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।