Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.22K
shares

काठमाडौं, १७ पुस । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१० अंकले बढेर २,५८१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ३ अर्ब ५९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा त्रिशुली जलविद्युलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् भने सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावरका लगानीकर्ताले ९.२९ प्रतिशतका दरले कमाएका छन् ।