Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.24K
shares

काठमाडौं, १७ पुस । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१० अंकले बढेर २,५८१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ३ अर्ब ५९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।

यसदिन नाडेप लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतका दरले गुमाएका छन् भने आरबिबि म्युचुअल फण्डका लगानीकर्ताले ३.७१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी धनवृद्धि योजनाका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् भने नविल ब्यालेन्स फण्डका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् ।