शेयर बजारमा सामान्य अंकले वृद्धि, घट्यो कारोबार रकम
वि.सं.२०८१ पुस २३ मंगलवार १५:०४
shares

काठमाडौं, २३ पुस । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.१६ अंकले बढेर २,६४६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ५ अर्ब ३८ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सप्तकोशी विकस बैंक र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।



















