सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ पुस २३ मंगलवार १५:११
shares

काठमाडौं, २३ पुस । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.१६ अंकले बढेर २,६४६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ५ अर्ब ३८ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सप्तकोशी विकस बैंक र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै समृद्धि फाइनान्सका लगानीकर्ताले ९.०६ प्रतिशतका दरले कमाएका छन् ।



















