शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ पुस २३ मंगलवार १५:१८
shares

काठमाडौं, २३ पुस । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.१६ अंकले बढेर २,६४६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ५ अर्ब ३८ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।
यसदिन भूगोल इनर्जीका लगानीकर्ताले ८.४९ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्तका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी सनराइज केन्द्रित इक्विटी कोषका लगानीकर्ताले ३.४९ प्रतिशतका दरले गुमाएका छन् ।



















