Dhulikhel Eco Banner new

शेयर बजारमा १५१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.17K
shares

काठमाडौं, ३ माघ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.३३ अंकले बढेर २,५८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ९३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा पोखरा फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।

यसदिन जानकी फाइनान्सका लगानीकर्ताले ९.३९ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.१५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.५७ प्रतिशतका दरले गुमाएका छन् भने गुहेस्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ७.५१ प्रतिशतका दरले गुमाएका छन् ।