Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.24K
shares

काठमाडौं, १० माघ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.१० अंकले बढेर २,६५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब ८५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्त, कर्पोरेट विकास बैंक र सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका छन् भने धौलागिरी लघुवित्तका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका छन् ।