शेयर बजारमा ७ अर्ब ८५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ १० बिहीवार १६:३७
3.37K
shares
shares

काठमाडौं, १० माघ । शेयर बजारमा ७ अर्ब ८५ करोड ७७ लाखको कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त सप्तकोशी डेभलपमेन्ट बैंकको ३० करोड ८९ लाख कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ३८ लाख कारोबार भएको छ भने युनाइटेड इदी मर्दीको १९ करोड ५५ लाख कारोबार भएको छ ।
त्यसैगरी सिन्धु विकास बैंकको १७ करोड १६ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १६ करोड ८६ लाख कारोबार भएको छ ।



















