शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ माघ १३ आइतवार १५:११
shares

काठमाडौं, १३ माघ । शेयर बजार साताको पहिलो दिन दोहोरो अंकले घटेको छ । शेयर बजार १०.४१ अंकले घटेर २,६४३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब १२ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले गुमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी नविल डिबेन्चरका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाउका छन् ।



















