दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ माघ १३ आइतवार १५:१८
shares

काठमाडौं, १३ माघ । शेयर बजार साताको पहिलो दिन दोहोरो अंकले घटेको छ । शेयर बजार १०.४१ अंकले घटेर २,६४३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब १२ करोडको कारोबार भएको हो ।
शेयर बजारमा बोर्टलस नेपाल, एनआइसी एशिया डिबेन्चर, दोल्टी पावर र जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी धौलागिरी लघुवित्तका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका छन् ।



















