Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब १२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.12K
shares

काठमाडौं, १३ माघ । दोहोरो अंकले घटेको शेयर बजारमा ९ अर्ब १२ करोड कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख कारोबार भएको हो ।

यसदिन नेपाल रिइन्स्योरेन्सको ३८ करोड ४२ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ८७ लाख कारोबार भएको छ ।

त्यसैगरी सिन्धु विकास बैंकको २९ करोड २० लाख कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको २५ करोड ५६ लाख कारोबार भएको छ ।