Dhulikhel Eco Banner new

सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको सूचना

3.35K
shares

काठमाडौं, १३ माघ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बराम गरेका विभिन्न सामान लिलाम बिक्री गर्न आइतबार सूचना जारी गरेको छ । त्यसका लागि विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको हो ।

विभागले सारी १३८ पिस, स्विटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस लिलाम बिक्री गर्न लागेको छ ।

यस्तै एयर बर्ड २ हजार ३४० पिस, स्मार्ट वाट २ हजार २९६ पिस, मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिसलगायतका सामाग्री पनि लिलाम गर्न लागिएको सूचनामा उल्लेख छ ।