शेयर बजारमा ८ अर्ब ९२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ १४ सोमवार १५:३९
3.54K
shares
shares

काठमाडौं, १४ माघ । शेयरबजारमा ८ अर्ब ९२ करोड ४० लाख कारोबार हुँदा सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २९ करोड ८३ लाख कारोबार भएको हो ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४१ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ८९ लाख कारोबार भएको छ ।
त्यसैगरी, माउन्टेन इनर्जीको २६ करोड ३६ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २३ करोड ८७ लाख कारोबार भएको छ ।



















