दोहोरो अंकले घटेको शेयर बजार यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ माघ १४ सोमवार १५:२९
shares

काठमाडौं, १४ माघ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.६१ अंकले घटेर २,६३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९२ करोडको कारोबार भएको हो ।
शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.४६ प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ६.५० प्रतिशतका दरले गुमाएका छन् भने धौलागिरी लघुवित्तका लगानीकर्ताले ५.८५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५.४० प्रतिशतका दरले गुमाएका छन् भने स्वाभिमान लघुवित्तका लगानीकर्ताले ४.३६ प्रतिशतका दरले गुमाएका छन् ।



















