शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढ्दा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ माघ १४ सोमवार १५:२०
shares

काठमाडौं, १४ माघ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.६१ अंकले घटेर २,६३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९२ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन जानकी फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् भने बोर्टलस नेपालका लगानीकर्ताले ८.२४ प्रतिशतका दरले कमाएका छन् ।



















