Dhulikhel Eco Banner new

स्वावलम्बन लघुवित्तले कमायो ८ करोड ७ लाख खुद नाफा, अन्य सूचक कस्तो ?

5.23K
shares

काठमाडौं, १६ माघ । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.२१ रुपैयाँले बढेको हो ।

सञ्चालन आम्दानी सहित ब्याज आम्दानीमा वृद्धि लघुवित्तको नाफामा बढोत्तरी भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी ८० करोड १ लाख रुपैयाँ छ । यो २०.०२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब ६५ करोड ६६ लाख रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ७२ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिसम्ममा १४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर १९ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तको सञ्चालन मुनाफा ११ करोड ५२ लाख रुपैयाँ । यो गतवर्षको सोही अवधिको तुलनामा ९४.०७ प्रतिशतले बढी हो । लघुवित्तको वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ४३ पैसा कायम छ । खराब कर्जा अनुपात ८.२८ प्रतिशत छ ।