Dhulikhel Eco Banner new

झिनो अंकले बढ्यो शेयर बजार, १३७ कम्पनीको शेयर मूल्य घट्यो

2.02K
shares

काठमाडौं, २१ माघ । सोेमवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार २.४१ अंकले बढेर २,७३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ८७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त र भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा ग्रिन विकास बैंक र रिभर फल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।