Dhulikhel Eco Banner new

शेयर बजारमा १६१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.22K
shares

काठमाडौं, २८ माघ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.९८ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब ९६ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा बोटर्लस नेपाल र उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले ८.२४ प्रतिशतका दरले गुमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताले ८.१० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ताले ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।