शेयर बजारमा झिनो अंकले वृद्धि, १५८ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ फागुन ८ बिहीवार १५:०७
shares

काठमाडौं, ८ फागुन । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.१४ अंकले घटेर २,७४३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ६२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.३५ प्रतिशतका दरले गुमाएका छन् ।



















