Dhulikhel Eco Banner new

शेयर बजारमा १५८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.95K
shares

काठमाडौं, ८ फागुन । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.१४ अंकले घटेर २,७४३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ६२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.३५ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन गरिमा समृद्धि योजनाका लगानीकर्ताले ७.७० प्रतिशतका दरले गुमाएका छन् भने भुगोल इनर्जीका लगानकिर्ताले ५.७८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतका दरले गुमाएका छन् भने एसबिआइ ऋणपत्रका लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाएका छन् ।