Dhulikhel Eco Banner new

शेयर बजारमा ५२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.16K
shares

काठमाडौं, १५ फागुन । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.१५ अंकले बढेर २,८१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ३९ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.१७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन उपकार लघुवित्तका लगानीकर्ताृले ६.२५ प्रतिशतका दरले गुमाएका छन् भने आइएमइ लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ४.१६ प्रकतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, ग्रिन विकास बैंकका लगानीकर्ताले ३.६९ प्रतिशतका दरले गुमाएका छन् भने छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३.४५ प्रतिशतका दरले गुमाएका छन्