Dhulikhel Eco Banner new

सीजी ब्राण्ड्को राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा

3.33K
shares

काठमाडौं, २१ फागुन । सीजी ब्राण्ड्ले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारको लागि एक महत्त्वपूर्ण घोषणा गरेको छ।

कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रहरू बाट मंगलवारदेखि सिमित समय को लागि निशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने कम्पनीले जनाएको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि ब्राण्ड्को एसीको निशुल्क सर्भिसिङ गर्न सक्नेछन्। जस अन्तर्गत ग्राहकहरूले टोल–फ्री नम्बर १६६० ०१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर, वा [email protected] मा इमेल गरेर दर्ता गर्न सक्नेछन्।

ग्राहकहरूले निशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताको लागि प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन्। यसका अतिरिक्त, स्पेयर पाट्र्समा ५० प्रतिशत सम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्यांकन हुने जनाएको छ ।

कम्पनीका अनुसार सीजीका विज्ञ प्राविधिकहरूले सेवा शिविरहरू सञ्चालन गर्नेछन्, उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै, कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरीदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्नेछन्।

कम्पनीद्वारा दिइएको जानकारी अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशत सम्म छुट, ४ हजार को निशुल्क जडान, र एक्सचेन्जमा ३ हजारको दुई निशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन्। सीजी ब्राण्ड् उत्कृष्ट बिक्री पछिका सेवाहरू र छिटो प्रतिक्रिया समयको लागि परिचित रहेको छ, र यो पहलले ग्राहक सन्तुष्टि प्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।