Dhulikhel Eco Banner new

शेयर बजार दोहोरो अंकले गिरावट, १७४ कम्पनीको शेयर मूल्य घट्यो

3.2K
shares

काठमाडौं, २१ फागुन । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.१६ अंकले घटेर २,८२१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ९७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा समाज लघुवित्त र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।