शेयर बजारमा सामान्य अंकले गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ फागुन २२ बिहीवार १५:०५
shares

काठमाडौं, २२ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.७० अंकले घटेर २,८१८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब १० करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र भगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा नविल ऋणपत्रका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।



















