Dhulikhel Eco Banner new

शेयर बजारमा १३२ कम्पनीको शेयर मूल्य घटे्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.17K
shares

काठमाडौं, २२ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.७० अंकले घटेर २,८१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब १० करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नविल ऋणपत्रका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन गुरास लघुवित्तका लगानीकर्ताले ७.६० प्रतिशतका दरले गुमाएका छन् भने लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी गरिमा समृद्धि योजनाको लगानीकर्ताले ५.१७ प्रतिशतका दरले गुमाएका छन् भने प्राइम ऋणपत्रका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् ।