पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त
वि.सं.२०८१ फागुन २७ मंगलवार १०:४१
3.21K
shares
shares

काठमाडौं,२७ फागुन । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रकाश गुरुङ नियुक्त भएका छन्।
कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई नियुक्ति गर्ने निर्णय गरेको हो।
गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।



















