Dhulikhel Eco Banner new

इन्फिनिटी लघुवित्तको ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

4.13K
shares

काठमाडौं, १ चैत । इन्फिनिटी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी ६ हजार कित्ता  शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै, तोकिएको म्यादभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।