Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ८३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.52K
shares

काठमाडौं, ३ चैत । शेयर बजारमा आइतवार ६ अर्ब ८३ करोड ६६ लाखको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन महालक्ष्मी विकास बैंकको ३७ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ भने घलेम्दी हाइड्रोको ३६ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १६ लाख रुपैयाँ कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफको २६ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।