शेयर बजारमा ६ अर्ब ३२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ चैत १० आइतवार १५:३८
2.57K
shares
shares

काठमाडौं, १० चैत । शेयर बजारमा ६ अर्ब ३२ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ६ लाखको शेयर कारोबार भएको छ ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ९९ लाखको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ८२ लाखको कारोबार भएको छ ।
त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको २० करोड ४५ लाखको कारोबार भएको छ भने सिन्धु विकास बैंकको १९ करोड ४९ लाखको कारोबार भएको छ ।















