मिथिला लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८१ चैत २५ सोमवार १४:२८
3.45K
shares
shares

काठमाडौं, २५ चैत । मिथिला लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदका लागि विभिन्न संख्यामा कर्मचारी माग गरेको हो ।
यी विभिन्न पदहरुका लागि शैक्षिक योग्यता पनि फरक फरक तोकेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।




















