Dhulikhel Eco Banner new

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो “यो नयाँ बर्ष, चुज योर फियुचर हुन्डाईसँग” योजना

3.67K
shares

काठमाडौं, २५ चैत । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसरमा “यो नयाँ वर्ष, चुज योर फियुचर हुन्डाई सँग” योजना ग्राहकहरू माझ ल्याएको छ । यो योजना बिहीवार चैत २१ देखि नेपालभरि लागू भएको हो ।

हुन्डाईले आफ्ना ग्राहकहरूको यात्रा विशेष बनाउन आकर्षक नगद छुटको अफर प्रस्तुत गरेको छ । जसअन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा ६ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा विशेष गरी क्रेटा, ईभी र मेड इन नेपाल क्रेटलाई थप उत्साहजनक बनाइएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार उक्त योजना अन्तर्गत ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निशुल्क बीमा, सवारी कर, तुरुन्त मुल्याङ्कन र एक्सचेन्ज सुविधा प्राप्त गर्नेछन ।साथै, यस योजनामा हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको हाई भोलटेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र गाडीका अन्य कम्पोनेन्टहरूमा २ वर्षको वारेन्टी प्रदान गरिने समेत कम्पनिले जानकारी दिएको छ ।

यस स्किम अन्तर्गत हुन्डाईका कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एस.यू. भी. तथा आइस इभी गाडी खरिद गरी ग्राहकहरूले उपभोग गर्न सक्ने कम्पनिले जनाएको छ ।