सीजी इलेक्ट्रोनिक्सद्धारा लेभल अप १ विथ सीजी लाइफ सार्वजनिक
वि.सं.२०८१ चैत २५ सोमवार १४:०३
shares

काठमाडौं, २५ चैत । नयाँ वर्ष २०८२ को अवसरमा सीजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्राहक योजना लेभल अप १ विथ सीजी लाइफ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरू खरिद गर्दा क्यासब्याक र विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने भएको हो ।
कम्पनीका अनुसार ग्राहकहरूले ६१ हजार ८ सयसम्मको क्यासब्याक र २.१ स्पिकर, एरियल पाउडर, मिक्सर ग्राइन्डर जस्ता पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्। साथै, एयर कन्डिसनरको खरिदमा निःशुल्क इन्स्टलेसन सेवा पनि प्रदान गरिने छ। यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत कार्यान्वयन गरिएको कम्पनीले जनाएको छ।
सीजीले नेपालमा आफ्नो उत्कृष्ट बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै आएको छ र प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरेर निरन्तर सहयोग प्रदान गर्दै आएको छ। यस योजनाले ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा थप फाइदा र खुशी दिनको लागि एक राम्रो अवसर प्रस्तुत गरेको छ।



















