लगातार बढेको सुनको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८२ वैशाख २ मंगलवार ११:१५
shares

काठमाडौं, २ वैशाख । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रवार तोलामा १ लाख ८५ हजारमा कारोबार भएको सुनको मूल्य मंगलवार १ हजार ७ सयले घटेर प्रतितोला १ लाख ८४ हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ। आइतवार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार घटेर १ हजार ९४५ रुपैयाँमा कायम भएको छ ।



















