Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

2.51K
shares

काठमाडौं, ५ वैशाख । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता शेयर बिक्रीमा राखेको हो। बैंककै हाल यि शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आफूले किन्न चाहेको शेयर विवरण खुलाइ आगामी ३५ दिनभित्र लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।