Dhulikhel Eco Banner new

तराईमा गर्मी बढेसँगै तातो हावा

3.73K
shares

काठमाडौं, ११ वैशाख । गर्मी बढेसँगै तराईमा तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा बिहीवारदेखि शुक्रवारसम्म तातो हावा चल्ने मौसमविद्हरूको पूर्वानुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटन निकालेर तातो हावा चल्ने भएकोले सतर्क रहनसमेत सुझाव दिएको छ । तातो हावा चल्दा दिउसोको समयमा तराईको जनजीवन प्रभावित हुँदै गएको छ । लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा अत्याधिक गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ ।

लुम्बिनीका साथै मधेश, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी बढेको छ । पछिल्लो मापन अनुसार लुम्बिनीका केही जिल्लामा ४० डिग्री पुगेको छ । अरु प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा धेरै पुगेको महाशाखाले जनाएको छ ।

तातो हावाको कारण लहरले थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर अउिने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने हुनसक्ने चिकित्सकहरुले जनाएकाछन् । यस्ता समस्याबाट बच्न सतर्क रहन पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।