विजय लघुवित्तद्धारा कर्मचारी माग, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८२ वैशाख २३ मंगलवार १५:२८
shares

काठमाडौं, २३ वैशाख । विजय लघुवित्त वित्तीय संस्था लिमीटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रतिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
सहायक पदका लागि कम्तीमा १ं२ वा सो सरह शैक्षिक योग्यता र तीन वर्षको अनुभव आवश्यक छ भने कनिष्ठ सहायक पदका लागि कम्तीमा एमएलसि वा सो सरह योग्यता र एक वर्षको अनुभव हुनुपर्नेछ । प्रशिक्षार्थी पदका लागि एसईइ वा सो सरह परीक्षा उत्तीर्ण उम्मेदवारले आवेदन दिन सक्नेछन्।
तीनै पदका लागि कम्प्युटर सञ्चालनको ज्ञान र दुईपांग्रे सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ। सामान्य उम्मेदवारको लागि उमेर १८ देखि ३५ वर्षसम्म तोकिएको छ भने महिलालाई पाँच वर्षसम्म छुट दिइने र्सस्थाले जनाएको छ ।
परीक्षा प्रक्रिया लिखित, प्रयोगात्मक र अन्तर्वार्तामार्फत हुनेछ भने सफल उम्मेदवारको नामावली संस्था तथा वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।




















