Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.29K
shares

काठमाडौं, २३ वैशाख । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.०३ अंकले बढेर २,६१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ८ अर्ब ७४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रिडी पावर कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् भने ग्रीन भेन्चर्सका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् ।