शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ वैशाख २३ मंगलवार १५:१७
shares

काठमाडौं, २३ वैशाख । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.०३ अंकले बढेर २,६१४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ८ अर्ब ७४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ७.७६ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, ग्रिन विकास बैंकका लगानीकर्ताले ५.५७ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले गुमाएका छन् ।



















