Dhulikhel Eco Banner new

लक्ष्मी बैंकको संस्थापक शेयर बिक्रीमा

6.68K
shares

काठमाडौं, ३ असार । लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त शेयर बिक्री गर्ने जानकारी दिएको हो ।

कम्पनीले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा निवेदन दिन भनेको छ ।

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि बैंकले बताएको छ